Home Uncategorized राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीद्वारा सपथ

राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीद्वारा सपथ

काठमाडौँ- राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकारमा नियुक्त हुनुभएका निवर्तमान मुख्यसचिव शङ्करदास बैरागीले सपथ लिनुभएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उहाँलाई सपथ गराउनुभएको हो ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि आजै प्रधानमन्त्री दाहालको अध्यक्षतामा सिंहदरबारमा परिषद्को बैठक बसेको थियो ।
मन्त्रिपरिषद् बैठकले बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार र प्रधानमन्त्री कार्यालयका सविच डा वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।।

https://ujyaalonepalnews.com/archives/28258

Previous articleमुख्यसचिवमा डा अर्याल नियुक्त
Next articleप्रतिनिधिसभा बैठक: विनियोजन विधेयकमाथिको छलफल सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।