गुल्मीदरबार गाउँपालिका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा

गुल्मी- गुल्मीदरबार गाउँपालिका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रका सबै सूचक पुरा गरेर पालिकालाई एक कार्यक्रमका बिच पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेशका सांसद धनेन्द्र कार्कीले एक कार्यक्रमका बिच गुल्मीदरवार गाउँपालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गर्नुभएको हो । गाउँपालिका भित्रका ७ वटा वडाका स्वास्थ्य संस्थाले पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त बनाउन बिशेष योगदान गरेको गाउँपालिकाले जनाएको छ ।

पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिकाले वडानम्बर १ बाट सुरु गरेको अभियान ७ वटै वडामा पुरा गर्न सफल भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्यालले बताउनुभयो । पोषणमैत्री स्वास्थ्य संस्थायुक्त बनाउन पालिकाले बिभिन्न अभियानहरु सञ्चालन गरेर सूचकहरु पुरा गर्न सफल भएको अर्यालले बताउनुभयो ।

पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा कार्यक्रममा बिभिन्न पोषणयुक्त खानाका परिकारहरु प्रर्दशन समेत गरिएको थियो । गुल्मीदरबार गाउँपालिका नेपालमै पहिलो पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले बताउनुभयो ।

पोषणमैत्री स्वास्थ्य संस्था योग्य हुनका लागि स्वास्थ्य संस्थाहरुले निर्धारित अनिवार्य मापदण्ड पुरा गरेको सुनिश्चित गरिनु गर्दछ । अनिवार्य मापदण्ड सय प्रतिशत पुरा गरेका स्वास्थ्य संस्थाहरु दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

जसमा पोषण विशेष कार्यक्रमसँग सम्बन्धित १६ वटा प्रतिनिधिमूलक सूचकहरुको मूल्यांकन गरिन्छ र सो मूल्याकंनबाट प्राप्त नतिजाको आधारमा स्वास्थ्य संस्थाको योग्यता निर्धारण गरिएको हुन्छ । यी आधारहरु गाउँपालिकाले पूरा गरेकाले पोषणमैत्री स्वास्थ्य संस्थायुत्त पालिका बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मी र स्वास्थ्य कार्यालय गुल्मीले पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको प्रमाणपत्र गाउँपालिकालाई हस्तातरण गर्नुभएको थियो । कार्यक्रममा पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गर्न खटिने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद धनेन्द्र कार्की, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण खत्री, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख बोम अर्यालले पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा हुनु खुसीको कुरा रहेको बताउनु भएको थियो । पालिकाले स्वास्थ्य क्षेत्रमा गरेको यो कार्य प्रशंसनीय रहेको उहाँहरुको भनाई थियो ।

https://ujyaalonepalnews.com/archives/27430

Previous articleदुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको चुचुरोमा
Next articleसंसदमा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।