हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं- सरकारले हवाई इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर एक सय ५० रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर दुई सय अमेरिकी डलर (करिब २६ रुपैयाँप्रति लिटर) ले घटेको छ ।

मूल्य समायोजनपश्चात् भारतको कोलकाताको हवाई इन्धन (आन्तरिकतर्फ) को बिक्री मूल्यको तुलनामा काठमाडौँमा बिक्री गरिने मूल्यप्रति लिटर ३ दशमलव ६९ रुपैयाँले सस्तो भएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको रहेको निगमले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/28456

Previous article३३ तोला सुनका गहनासहित नगद चोरी
Next articleस्रोत नखुलेको ३३ लाख ५० हजारसहित एक पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।