कोभिड–१९ का कारण कोरिया जान रोकिएका नेपाली युवालाई पुनः लैजान कोरियाले थाल्यो सकारात्मक पहल
कोभिड–१९ का कारण कोरिया जान रोकिएका नेपाली युवालाई पुनः लैजान कोरियाले सकारात्मक पहल थालेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतका नेपालसहित विदेशी श्रमिकलाई ल्याउने सम्बन्धमा मानव संशाधन बोर्ड कोरियाले श्रम रोजगार मन्त्रालय, कानून मन्त्रालयलगायत अन्य सरकारी कार्यालयहरुमा छलफल अघि बढाएको बताइएको छ ।
नेपाल सरकारले भिसा लागेर बसेका श्रमिकलाई लैजान बारम्बार अनुरोध गर्दै आए पनि मानव संशाधन विभाग (एचआरडी) ले छलफल र अध्ययन गरिरहेको बताउँदै आएको थियो तर कोरियाको सङ्क्र’मण रोग नियन्त्रण तथा रो’कथाम एजेन्सीले विदेशी श्रमिकको आगमन अनुमतिलाई रो’क्का गरेका कारण यो प्रक्रिया रो’किएक थियो । पछिल्लो समय एचआरडीले खुला’उने सम्बन्धमा पहल अघि बढाएको हो ।
हाल प्रवेशाज्ञा प्रक्रियाका लागि कानून मन्त्रालयअन्तर्गतको अध्याग’मन विभागले सहजीकरण गर्दै आइरहेको छ । यो निकायले विदेश श्रमिक ल्याउँदा हुने जो’खिम र अव’सरका सम्बन्धमा रो’ग नियन्त्रण तथा रो’कथाम एजेन्सीसँग छलफल गरिरहेको छ । कोरियाले पहिलो चरणको कोभिड निय’न्त्रण गरेपछि कम्बोडिया र श्रीलङ्काबाट श्र’मिक लैजान शुरु गरे पनि पछिल्लो समय पुनः रोकेको थियो ।
नेपाललगायत विदेशी श्रमि’कलाई लैजानेबारे तयारी भइरहेका बेला कोरियामा कोभिड भाइ’रस सङ्क्र’मण दोस्रो चरणमा प्रवेश गरेपछि विदेशी श्रमि’कलाई रोक्ने निर्णयलाई निरन्तरता दिएको थियो । कोरियाले गै’रश्रमिक नागरिकलाई स्वास्थ्य माप’दण्ड पालन गरेर आगमन र प्रस्थान अनुमति दिए पनि श्रमिकको सम्बन्धमा भने क’डाइ गर्दै आएको छ ।
यसबाट कोरिया जाने तया’रीमा रहेका हजारौँ नेपाली युवा स्वदेशमा छ्न् तर प्रवे’शाज्ञा सकिएर नेपाल फर्कने युवाहरू भने हवाई यात्रा खुलेसँगै कोभिड–१९ को माप’दण्ड पूरा गरी नेपाल फर्किरहेका छन् । गत चै’तयता प्रति’बद्ध छ हजार ५०० नेपाली युवाले कोरिया प्रवेशमा अनुमति पाएका छैनन् । नेपालसहित १६ राष्ट्रबाट बर्सेनि ५० हजार युवा कोरिया प्रवेश गर्ने गरेको भए पनि १० महिनायता सो क्रम रोकि’एको छ ।
कोभिड स’ङ्कट लम्बि’एपछि भिसा पाएका प्रति’बद्ध श्रमिक, श्रम सम्झौता गरेका र बिदामा आएका छ हजार ५००नेपालीमध्ये ७०० को र’द्द भएको शाखाले जनाएको छ । कोरियाबाट हालसम्म दुई हजार ५३६ नेपाली उ’द्धार उडानमार्फत नेपाल फर्किसकेका छन् । रासस
https://ujyaalonepalnews.com/archives/13415


