
राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी पूर्व प्रशिक्षक जगत टमाटाले सम्हाल्ने भएका छन्। भारतीय प्रशिक्षक उमेश पटवालले जिम्मेवारी छाडेसँगै रिक्त रहेको सो स्थानमा टमाटालाई जिम्मेवारी दिइएको हो।

पटवालले अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिज पछि लागु हुनेगरि दुई हप्ताअघि नै राजिनामा दिएका थिए।उमेश पटवालको राजिनामा केहि दिनमा नै स्वीकृती भएर आधिकारिक रुपमा आउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
क्यानका अनुसार नयाँ विदेशी प्रशिक्षक नियुक्त नहुँदासम्म टमाटाले नै जिम्मेवारी सम्हाल्ने छन्।


