हज कमिटीको फितलो व्यवस्थापनले साउदीमा नेपाली हाजीहरु समस्यामा

उज्यालो नेपाल-  हज यात्राका लागि साउदी अरबको मक्का पुगेका नेपाली यात्रुहरुले फितलो व्यवस्थापनका कारण दु:ख पाएको बताएका छन् । उनीहरुले उनीहरुले खान, बस्न र सुत्नको लागी निकै समस्या भोग्नुपरेको बताएका हुन् । हज यात्राको लागी मक्का पुगेका काठमाडौँका नासिर उद्दीनका अनुसार हज समितिको फितलो व्यवस्थापनको कारण साउदीमा नेपाली हज यात्रीको विजोक भएको बताए ।

सामाजिक संजालमा भेटिएका भिडियोहरुमा हजयात्रीहरु निकै कष्टकर दैनिकी गुजारीरहेको देख्न सकिन्छ । २०८० सालको हज यात्राका लागि नेपालका २९ जिल्लाका करिब १२ सय तीर्थयात्री साउदी अरब गएका छन् । उनीहरुले हज जानका लागि जनही ४ लाख ६५ हजार रुपैयाँ नेपाल सरकारलाई बुझाएका छन् । ३ लाख ६४ हजार रुपैयाँ खान, बस्न र १ लाख टिकटमा खर्च हुने हज समितिले जनाएको छ । गृह मन्त्रालयले हज यात्रीका लागि एक करोड रुपैयाँ छुट्याए पनि व्यवस्थापनमा त्यो खर्च नभएको हाजीहरुको गुनासो छ ।

आफुले तिरेको पैसा अनुसारको पनि व्यवस्थापन नभएको साउदी पुगेका यात्रीहरुले बताएका छन् । मुस्लिम धर्ममा पाँचवटा महत्वपूर्ण धार्मिक कार्यमा (आस्था, विश्वास), नमाज (पा्रार्थना) रोजा (बैत) जकात (दान) र हज (तीर्थाटन) पर्दछन् । हजयात्रीले साउदीको मक्कामा ३० दिन र मदिनाा १० दिन धार्मिक यात्रा गर्नु पर्दछ ।

समितिका अध्यक्ष शमशेर मियाँ नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा छन् । अध्यक्ष नै कार्यकारी रहने हुनाले मियाँ गिरफ्तार भएपछि समितिका काम लथालिंग भएको बुझिएको छ । साउदी पुगेका यात्रीले आफ्नो समस्या बारे सरकारको ध्यानाकर्षण गराईदिन आग्रह गरेका छन् ।

https://ujyaalonepalnews.com/archives/28629

Previous articleबाँकेका ८ स्थानीय तहको बजेट करिब ६ अर्ब
Next articleबिजुलीको आन्तरिक खपत वृद्धि गर्ने योजना छ : मन्त्री बस्नेत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।