एउटै परिवारका १६ जनाको हत्या

लागोस । नाइजेरियामा एकै परिवारका १६ जनाको रहस्यमय हत्या भएको छ । अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले बुधबार सिन्ह्वालाई जानकारी दिएका छन् ।

देशको दक्षिण मध्य क्षेत्रमा पर्ने काडुना प्रदेशको फिका जिल्लाको बाकालीमा घटना मङ्गलबार दिउँसो भएको उनीहरूको भनाइ छ । घटनास्थल चर्चित सहर मानिने जारियासँगै पर्दछ ।

प्रहरीले दिएको विवरणअनुसार बन्दुकधारीले उनीहरूलाई घरभित्र थुनेर गोली प्रहार गरेका थिए । घरभित्र रहेका आक्रमणमा परेका सबै जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले जानकरी दिएका छन् ।

The post एउटै परिवारका १६ जनाको हत्या appeared first on Rajdhani Daily News.

कोरोनाको त्रासपछि ‘मक्का र मदिना’ भ्रमणमा विदेशीलाई प्रतिबन्ध

Previous articleकाँग्रेसद्वारा पार्टी विधानका केही दफा निलम्बन
Next articleआजको राशिफल : फागुन १ गते, बिहीबार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।