राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयक बहुमतले पारित गरेको छ ।

विधेयकमाथि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले प्रस्तुत गर्नुभएका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो ।

बैठकमा विधेयकमाथिको छलफल सकिएपछि अर्थमन्त्री डा प्रकाशशरण महतले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २० गते बुधबार दिउँसो ३ बजेका लागि तय भएको छ ।।

https://ujyaalonepalnews.com/archives/28787

Previous articleआर्थिक जटिलता : हाँक र प्रस्तावित सुधार
Next articleकला, साहित्य र खेलकुदलाई विशेष प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।