एसइई नतिजा आज सार्वजनिक गर्ने तयारी, मात्र एजुकेसनमा हेर्न सकिने

काठमाडौँ- २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालन गरेको परीक्षाको नतिजा कुनै प्राविधिक समस्या नआए आज सार्वजनिक गर्ने गरी आजका लागि बोर्ड बैठक बोलाइएको बोर्ड निकट स्रोतले जानकारी दिएको छ।

यसअघि आगामी शुक्रवार सम्म नतिजा सार्वजनिक गर्ने घोषणा बोर्डले गरेको थियो। कुनै प्राविधिक समस्या आए वा बोर्ड बैठक बस्न नसके नतिजा शुक्रवारका लागि सर्नेछ।

यो पटक एसइईको नतिजा सार्वजनिक भए लगतै मात्र एजुकेसनमा हेर्न सकिनेछ। मात्र एजुकेशनको आधिकारिक वेबसाईटमा गई आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर अनलाइनमा सजिलै नतिजा हेर्न सकिने भएको हो। यहाँ क्लिक गरेर नतिजा हेर्ने लिंकमा जानुहोस्।

https://ujyaalonepalnews.com/archives/28926

Previous articleदाङमा फोहोरबाट उत्पादित ग्यास घर-घरमा वितरण सुरु
Next articleप्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत: उपप्रधानमन्त्री
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।