इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रक्रिया थाल्छौँ: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) इलाममा स्थापनाका लागि सरकारले तत्काल पहल गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललगायतको टोलीसँग भेटवार्ता गर्नुहुँदै प्रधानमन्त्रीले सो मेडिकल कलेज स्थापनाका लागि आवश्यक पहल गर्ने बताउनुभएको हो ।

इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने विषयमा प्रधानमन्त्री सकारात्मक रहनुभएको र तत्कालै आवश्यक प्रक्रिया अगाडि बढाउने वचन दिनुभएको एकीकृत समाजवादीका सम्मानित नेता खनालका सहयोगी कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

टोलीमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य धिरेन शर्मा, इलाम नगरपालिकाका प्रमुख केदार थापा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा राजेन्द्रराज वाग्ले, अधिवक्ता समिप घिमिरे, कृष्ण भट्टराई, शैक्षिक तथा विभिन्न पेसागत क्षेत्रमा कार्यरत मनिष गौतम, ललित ढुङ्गाना, माधव चम्लागाईं, विमला सुब्बालगायतको सहभागिता थियो ।

श्रीमतीको कुटाइबाट घाइते भएकाको मृत्यु

Previous article‘सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको छ’
Next articleसमाजवादी मोर्चा बैठकः प्रत्येक ६-६ महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।