सामुदायिक तर्फ पुर्विचितवनमै अब्बल जनजागृति; प्रशिद्धले ल्याए ३.९५ जिपीए

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १४ पिठुवामा रहेको जनजागृति माध्यमिक विद्यालयले २०७९ सालको एसइई परीक्षामा पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ ।

३.९५ जिपीए ल्याइ साे विद्यालय सामुदायिक तर्फ पुर्विचितवनमै पहिलो हुन सफल भएको हो । सो विद्यालयबाट परीक्षामा सहभागी छात्र प्रशिद्ध बगालेले ३.९५ प्राप्त गरेका छन् । यो नतिजा सामुदायिक बिद्यालय तर्फ पुर्विचितवनमै सबैभन्दा बढी जिपिए भएको बिद्यालयका प्राचार्य विनोद अधिकारीले जानकारी दिए ।

परिक्षामा सहभागी १५६ विद्यार्थी मध्ये प्रशिद्ध बगालेले ३.९५, आर्यन खड्का र फडिन्द्र भट्टले समान ३.९०, निर्माण भट्टले ३.८०, समिप अधिकारीले ३.७५, आदेश ढकाल, अमोल भट्टराई र दिपिका घिमिरेले समान ३.७० जिपिए प्राप्त गरेका छन्  । त्यस्तै सम्पदा न्यौपाने र उत्सव बस्ताकोटीले समान ३.६५ जिपिए लाई परिक्षा उतिर्ण गरेका छन् ।

विद्यालयका अनुसार जिपिए ३.६ देखि ४.० सम्म प्राप्त गर्ने १० जना, ३.२ देखि ३.६० सम्म प्राप्त गर्ने १९ जना, २.८० देखि ३.२ सम्म प्राप्त गर्ने २५ जना, २.४० देखि २.८० सम्म प्राप्त गर्ने ४६ जना, २.०० देखि २.४० सम्म प्राप्त गर्ने ४७ जना, १.६० देखि २.०० सम्म प्राप्त गर्ने ७ जना र जिपिए १.६० भन्दा कम प्राप्त गर्ने २ जना छन् ।

 

https://ujyaalonepalnews.com/archives/29133

Previous articleबढ्दै आयुर्वेदमा आकर्षण; ११ महिनामा ८३ हजार बढीले लिए सेवा
Next articleएसइईमा उत्तीर्ण विद्यार्थीलाई जनजागृतीको शैक्षिक परामर्श
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।