सभापति देउवाद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त

काठमाडौ‌- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी एवं सो पार्टीका केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत दाहालको निधनप्रति दुःख गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ प्रधानमन्त्री दाहाललगायत शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

https://ujyaalonepalnews.com/archives/29220

Previous articleडोटीमा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीनजना घाइते
Next articleअमेरिकी वार्षिक उपभोक्ता मुद्रास्फीति सन् २०२१ पछिको सबैभन्दा न्यून बिन्दुमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।