लोग्नेको भन्दा नाठोको माया: श्रीमती नै जिन्दगीमा काल बनेर पसेपछि.

0
25

प्रेमी ओमप्रकाश यादवसङ्ग मिलेर आफ्ना पति तथा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला नेता दिपक पाण्डेयमाथि एकैपटक दुई पि’स्तोलबाट गो’ली चलाई मा’र्न लगाउने श्रीमती महिमा पाण्डेय लामो नि’गरानीपछि हिजो घरैबाट समातिएकी छन् । जेठ ५ गते राती कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गुडिरहेको मोटरसाइकलबाट पाण्डेयमाथि दुई रा’उण्ड गो’ली प्रहार भएको थियो । त्यसको ६ दिनपछि उनको काठमाडौंमा नि’धन भएको हो ।

प्रारम्भिक अनुस’न्धानमा श्रीमती महिमा र ओमप्रकाश यादवबीच प्रेम सम्बन्ध झाँगिदै गएको खुलेको छ । उनीहरूबीचको यो सम्बन्धवारे श्रीमान दिपकले थाहा पाएका थिए । तर महिमाको मन दिपकतिरभन्दा ओमप्रकाशतिर पग्लन थालेपछि उनीहरूबीच खट’पट शुरु हुनु स्वाभाविक हो ।

त्यहि क्रममा दिपक बेला बेलामा ‘म हुँदाहुँदै ऊसँग किन प्रेम सम्बन्ध राखिस् ?’ भन्दै श्रीमतीसँग रि’साउन थाले । यता ओमप्रकाशलाई पनि ‘मेरी स्वास्नीसँग किन लागिस् ?’ भनेर दिपकले बेला बेलामा ध’म्की दिन थाले । एवम् रीतले लोग्ने- स्वास्नीबीच अस’मझदारी बढ्न थालेपछि महिमा र प्रेमी ओमप्रकाशले दुबैको इज्जत जोगाउन दिपकलाई सिध्याउने योजना बुनेको रह’स्य खुलेको हो ।

३२ वर्षकी श्रीमती महिमाको माइती नजिकैको खुनुवा हो । भारतमा पढेकी उनी खाइलाग्दी र चिरिच्याँट्ट परेर हिँडेको कारण ओमप्रकाशले मन पराएको प्रारम्भिक बयानको क्रममा खुलेको छ । घरमा श्रीमान हुँदाहुँदै अर्कासँग लागेर श्रीमानलाई नै सि’ध्याउने योजना बुनेपछि अहिले पाण्डेका ५ वर्षकी छोरी र ११ वर्षका छोराको बि’चल्ली भएको छ । अब महिमाले बुनेको रंगीन सपना पनि जे’लको चिसो छिँडीमा बित्ने भएको छ ।

श्रीमतीले आफूले श्रीमान दिपकलाई मा’र्न लगाएको स्वीकारेकी छन् । शं’कास्पद सबै मान्छेसँग बयान लिएपछि कुरो खुलेको प्रहरीको दा’बी छ । शुरुमै अलिअलि शं’का लागेपछि प्रहरीले महिमाको सुरक्षा भन्दै महिला प्रहरीलाई उनको घरमा नै निग’रानीको लागि खटाएको थियो । सबै पक्षबाट ह’त्यामा श्रीमतीको हात रहेको पुष्टि भएपछि प्रहरीले उनलाई हिजो पक्रेको हो । ह’त्यामा प्रयोग गरिएका ह’तियार पनि प्रहरीले सबै बरा’मद गरेको छ । दिपक पाण्डेयमाथि दुई जनाले एकै चोटी फा’यर गरेको देखिएको छ । साकिर अली पखिया र रमजान साह मुसलमान दुबैले अर्को मोटरसाइकलमा पछाडि बसेर राती सडकमा गुडिरहेको बेला एकैपटक दिपकमाथि फा’यर खोलेका थिए ।

सबैभन्दा अचम्मचाहिँ दुबै ह’तियारबाट पाण्डेयमाथि एकैचोटी फा’यर भएको थियो । उनलाई दुई गो’ली लागेको थियो । पछि एउटा खोका भेटिए पनि अर्को फेला परेन । आमाको अर्कैसँगको लसपसले दुई लालाबालाको बि’चल्ली भएको छ भने उनीहरूका बाबुको समेत जीवन समाप्त भएको छ । जनआस्था बाट

https://www.ujyaalonepalnews.com/archives/14735

Previous articleराजदूत भण्डारी र सहायक विदेशमन्त्री अल–धाफिरी बीच भेटवार्ता
Next articleकलेजोले काम नगरेपछि परदेशमै अस्ताए चितवनका बिनोद