लोग्नेको भन्दा नाठोको माया: श्रीमती नै जिन्दगीमा काल बनेर पसेपछि.

प्रेमी ओमप्रकाश यादवसङ्ग मिलेर आफ्ना पति तथा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला नेता दिपक पाण्डेयमाथि एकैपटक दुई पि’स्तोलबाट गो’ली चलाई मा’र्न लगाउने श्रीमती महिमा पाण्डेय लामो नि’गरानीपछि हिजो घरैबाट समातिएकी छन् । जेठ ५ गते राती कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गुडिरहेको मोटरसाइकलबाट पाण्डेयमाथि दुई रा’उण्ड गो’ली प्रहार भएको थियो । त्यसको ६ दिनपछि उनको काठमाडौंमा नि’धन भएको हो ।

प्रारम्भिक अनुस’न्धानमा श्रीमती महिमा र ओमप्रकाश यादवबीच प्रेम सम्बन्ध झाँगिदै गएको खुलेको छ । उनीहरूबीचको यो सम्बन्धवारे श्रीमान दिपकले थाहा पाएका थिए । तर महिमाको मन दिपकतिरभन्दा ओमप्रकाशतिर पग्लन थालेपछि उनीहरूबीच खट’पट शुरु हुनु स्वाभाविक हो ।

त्यहि क्रममा दिपक बेला बेलामा ‘म हुँदाहुँदै ऊसँग किन प्रेम सम्बन्ध राखिस् ?’ भन्दै श्रीमतीसँग रि’साउन थाले । यता ओमप्रकाशलाई पनि ‘मेरी स्वास्नीसँग किन लागिस् ?’ भनेर दिपकले बेला बेलामा ध’म्की दिन थाले । एवम् रीतले लोग्ने- स्वास्नीबीच अस’मझदारी बढ्न थालेपछि महिमा र प्रेमी ओमप्रकाशले दुबैको इज्जत जोगाउन दिपकलाई सिध्याउने योजना बुनेको रह’स्य खुलेको हो ।

३२ वर्षकी श्रीमती महिमाको माइती नजिकैको खुनुवा हो । भारतमा पढेकी उनी खाइलाग्दी र चिरिच्याँट्ट परेर हिँडेको कारण ओमप्रकाशले मन पराएको प्रारम्भिक बयानको क्रममा खुलेको छ । घरमा श्रीमान हुँदाहुँदै अर्कासँग लागेर श्रीमानलाई नै सि’ध्याउने योजना बुनेपछि अहिले पाण्डेका ५ वर्षकी छोरी र ११ वर्षका छोराको बि’चल्ली भएको छ । अब महिमाले बुनेको रंगीन सपना पनि जे’लको चिसो छिँडीमा बित्ने भएको छ ।

श्रीमतीले आफूले श्रीमान दिपकलाई मा’र्न लगाएको स्वीकारेकी छन् । शं’कास्पद सबै मान्छेसँग बयान लिएपछि कुरो खुलेको प्रहरीको दा’बी छ । शुरुमै अलिअलि शं’का लागेपछि प्रहरीले महिमाको सुरक्षा भन्दै महिला प्रहरीलाई उनको घरमा नै निग’रानीको लागि खटाएको थियो । सबै पक्षबाट ह’त्यामा श्रीमतीको हात रहेको पुष्टि भएपछि प्रहरीले उनलाई हिजो पक्रेको हो । ह’त्यामा प्रयोग गरिएका ह’तियार पनि प्रहरीले सबै बरा’मद गरेको छ । दिपक पाण्डेयमाथि दुई जनाले एकै चोटी फा’यर गरेको देखिएको छ । साकिर अली पखिया र रमजान साह मुसलमान दुबैले अर्को मोटरसाइकलमा पछाडि बसेर राती सडकमा गुडिरहेको बेला एकैपटक दिपकमाथि फा’यर खोलेका थिए ।

सबैभन्दा अचम्मचाहिँ दुबै ह’तियारबाट पाण्डेयमाथि एकैचोटी फा’यर भएको थियो । उनलाई दुई गो’ली लागेको थियो । पछि एउटा खोका भेटिए पनि अर्को फेला परेन । आमाको अर्कैसँगको लसपसले दुई लालाबालाको बि’चल्ली भएको छ भने उनीहरूका बाबुको समेत जीवन समाप्त भएको छ । जनआस्था बाट

नामिबियामाथि नेपालको रोमाञ्चक जित

Previous articleकुनै समय स्टेजमा यस्तो राम्रो प्रस्तुति दिन्थिन मोडल निशा घिमिरे ( भिडियो सहित )
Next articleनारायणी नदीले खतराको तह पार गर्‍यो आसपासका बस्ति खाली गर्न चेतावनी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।