लागूऔषध सहित दुई जना पक्राउ

सप्तरी- सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्वर १ बाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।

सूचनाको आधारमा खानतलासि गर्दा स्थानीय अनोज कुमार केसी र घनश्याम राउतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले खानतलासि गर्दा स्पास्मो प्लस २२४ थान, डाइलेक्स डिसि १५९ बोतल कोरेक्स र २ सय ग्राम गाँजा बरामद गरेका छ ।

उनीहरुलाई बिहीबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको सप्तरी प्रहरीका प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/29254

Previous articleविदेश जान लागेका १५६ लाई विमानस्थलबाट फर्काइयो
Next articleकस्तो ऋण लिने भन्नेमा सरकार सुस्पष्ट छ : अर्थमन्त्री डा महत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।