गोरखाको झोङ गाउँ पहिरोको जोखिममा

गोरखा – गोरखाको विकट उत्तरी गाउँ झोङ अहिले पहिरोको जोखिममा परेको छ।

यही साउन २५ गते राति हिमालपारीको गाउँपालिका चुमनुब्री- ७ छेकम्पारको झोङमा आएको पहिरोले यहाँका करिव १०-१२ घरहरु जोखिममा परेका हुन । पहिलोबाट स्थानीयको धेरै खेतबारी पुरेको छ भने गाउँ नै जोखिमा परेको छ।

ठूलो पहिरो गएको हुँदा यहाँ लगाइएको फापर र तोरी र बस्तुभाउको चरनसमेत पुरै पुरेको छ ।

पहिरोले मानवीय क्षति नभएपनि घरघरमा पानी पसेर खाद्यान्न र लत्ता कपडा सबै डुबाएको स्थानीय पेमा वंग्याल लामाले जानकारी दिनुभयो ।

पहिरो प्रभावित क्षेत्रमा वडा अध्यक्ष टासी दोर्जे लामा र सिमा प्रहरी चौकीबाट निरिक्षण गरी मुचुल्का उठाई समाधानका लागि पहल गर्न सम्बन्धित निकायमा पठाउने वडा अध्यक्षले जानकारी दिएका छन ।।

https://ujyaalonepalnews.com/archives/30228

Previous articleभोजपुर विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल भवन बन्दै, पर्यटन मन्त्रीद्वारा शिलान्यास
Next articleपूर्वीचितवनका विभिन्न क्षेत्रमा भोलि विद्युत अवरुद्ध हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।