Home Uncategorized यात्रुबाहक बस दासढुङगा नजिक दुर्घटना हुँदा १९ जना घाइते

यात्रुबाहक बस दासढुङगा नजिक दुर्घटना हुँदा १९ जना घाइते

चितवन- चितवनको दासढुङगा नजिक यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाण्डौतर्फ आइरहेको ०१-००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई आज बिहान दुर्घटना भएको हो ।

बस सडकबाट करिब १० मिटर तल खसेर रुखमा अडकिएको छ । घाइतेहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ । घटना लगत्तै यात्रुहरुको उध्दार गरिएको चितवन प्रहरीले जनाएको छ ।।

https://ujyaalonepalnews.com/archives/29261

Previous articleआदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाईंदै, गण्डकी प्रदेशमा सार्वजनिक विदा
Next articleभानुभक्तका पनाति भन्नुहुन्छ, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।