मर्चवारमा बाढीले बगाउँदा एक महिला बेपत्ता

रुपन्देही- रुपन्देहीको मर्चवारमा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । सम्मरीमाइ गाउँपालिका वडा नम्बर ७ हर्दी बस्ने ३५ वर्षीया मानती यादव दानव खोलामा दाउरा लिन जाँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दिपक कुंवरका अनुसार दिउँसो यादवसहित करिब १५ जना दाउरा टिप्न गएका थिए । सोही क्रममा दानव खोलामा आएको बाढीले मानती यादवलाई बगाएको हो ।

बेपत्ता यादवको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीले खोजी गरिरहेको प्रबक्ता दिपक कुँवरले जनाकारी दिनु भयो ।

https://ujyaalonepalnews.com/archives/29686

Previous articleपाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एकजनाको मृत्यु, १३ जना घाइते
Next articleनयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटको विशाल मूर्ति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।