Home Uncategorized पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एकजनाको मृत्यु, १३ जना घाइते

पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एकजनाको मृत्यु, १३ जना घाइते

पाँचथर- मेची राजमार्गअन्तरगत पाँचथरको फिदिम नगरपालिका-२ स्थीत कृष्णमन्दिर नजिक ट्याक्सी दूर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

झापाबाट पाँचथरतर्फ आउँदै गरेको मे १ ज १९४१ नम्बरको बोलेरो ट्याक्सी अनियन्त्रित हुँदा सडकबाट एकसय पचास मिटर तल खसेर दुर्घटना भएको हो ।

आज करिब सवा बाह्र बजेको समयमा भएको दुर्घटनामा नामथर र ठेगान नखुलेका अन्दाजी ४५ बर्षिय जनजाती अनुहारको पुरषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

चालकसहितको १४ जना सवार रहेको ट्याक्सी दुर्घटनामा परी सबै घाइते भएका हुन् । घाइतेहरुको पाँचथर जिल्लामा उपचार भइरहेका मध्ये केहीको उपचार हुन नसकेपछि थप उपचारको लागि जिल्ला बाहिर रिफर गरि सकिएको जिल्ला अस्पतालले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/29685

Previous articleभदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा सुरु गरिने
Next articleमर्चवारमा बाढीले बगाउँदा एक महिला बेपत्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।