आफ्नै श्रीमतीको हत्या गर्ने एक भारतीय नागरिकलाई पक्राउ

बारा- जिल्ला प्रहरी कार्यालय बाराले आफ्नै श्रीमतीको हत्या गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले भारत पूर्वी चम्पारण ढाका थाना रुपैलिया निवासी ३१ वर्षिय मोहमद अमानुल्लाह मियाँलाई हत्याको आरोपमा पक्राउ गरी आज सार्बजनिक गरेको हो ।

एक दिनअघि बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ६ बजार टोलस्थित ससुरालीघर आएका मियाँले श्रीमती २२ बर्षिय आसमिन खातुनको हत्या गरेका थिए । उनले घरायसी बिबाद हुदा मासु काट्ने हतियारले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताउनु भएको छ ।

घटनाको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय सिम्रौनगगढबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थलबाट भाग्दै गरेका मियाँलाई पक्राउ गरेको थियो ।

प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको हतियार समेत बरामद गरेको छ । एक छोरा र दुई छोरी रहेका मियाँले यसअघि पनि पटकपटक श्रीमतीमाथि आक्रमण गर्ने गरेको प्रहरी उपरिक्षक बोगटीले बताउनु भएको छ ।

पक्राउ परेका मियाँमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/29748

Previous articleभ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
Next articleजुम्लामा गत वर्ष मात्र १ हजार ४ सय जनाले लिए राहदानी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।