प्रमुख प्रशासकीय अधिकृतको अनैतिक हर्कत सार्वजनिक

झापा- दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सामाजिक संजालमा अनैतिक हर्कतको भिडियो सार्वजनिक भएको छ । नगरपालिकाले उपलब्ध गराएको क्वार्टरमै अनैतिक गतिविधि बाहिरिएपछि दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन सुरु गरेका छन् ।

तर नगरपालिकाको प्रमुखदेखि अन्य जिम्मेवारी पदाधिकारीलाई नै आज बिहान एक्कासी कसरी रंगरोगन गर्न थालियो भन्ने कसैलाई थाहा नभएको बताएका छन् । अनैतिक हर्कत सार्वजनिक भएका कारण निरौला सम्पर्कबिहीन बनेपछि आइतबार नगरपालिकाको काम कार्वाही नै प्रभावित बनेको छ ।

यस विषयमा तत्काल उपसमिति बनाएर छानविन गरी घटना सत्य भए अधिकृतलाई कार्वाहीको दायरामा ल्याउने नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले बताउनु भयो । निरौलाको यस्तो हर्कत बाहिर आइसकेपछि अधिकृतलाई नगरपालिकामा राख्न नसकिने उहाँले बताउनु भयो ।

भिडियोमा प्रमुख प्रशासकीय अधिकृत र एक महिला क्वाटर भित्रै नशामा लठ्ठ परी अनैतिक हर्कत गरिएको भिडियो शनिवार देखि भाइरल बनेको छ ।

घटना बाहिरिएपछि छानविन हुने डरले निरौलाले प्रमाण नष्ट गर्नका लागि क्वार्टरस्थित बेडरुमको रंग परिवर्तन गरेको हुन सक्ने भएकाले यसलाई तत्काल रोक्नुपर्ने स्थानीय राजनैतिक दलले कुरा उठाउन थालेका छन् ।

विहान ९ बजे तिर नेपाल टेलिभिजनका संवाददाता सहितका पत्रकारहरु कोठामा पुग्दा धमाधम दुईजना कामदारले रंगरोगन गरिरहेका थिए । पहिले लगाएको हरियो निलो रंगमाथि पहेंलो रंग लगाएको रंग लगाउनेले बताएका छन् ।

घटनाको बारे दमक नगरपालिकाका प्रमुख राम थापाले यसबारे आफूलाई केही पनि थाहा नभएको

https://ujyaalonepalnews.com/archives/29831

Previous articleनिर्माण सम्पन्न भएको दुई सातामै उप्किन थाल्यो कालोपत्रे
Next articleअवैध रुपमा भित्रिएको सुनका विषयमा उच्चस्तरीय छानविन समिति गठन गर्न सरकारको ध्यानाकर्षण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।