वुहानबाट काठमाडौं आइपुगे १७५ नेपाली, अरू १० जना किन उतै रोकिए?

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका १ सय ७५ नेपाली काठमाडौं आइपुगेका छन्।

नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत उनीहरू आज (आइतबार) बिहान करिब ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्।

४ स्वास्थ्यकर्मी, ३ पाइलट, ७ क्रुमेम्बर, १ इन्जिनियर, १ प्राविधिक र १ डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोलीले वाइडबडी विमानमार्फत उनीहरूलाई नेपाल लिएर आएका हुन्। 

चीनको वुहानबाट शनिबार राति नेपाल उड्ने तयारीमा रहेका १ जना ८५ नेपालीमध्ये १० जना भने उतै रोकिएका छन्।

६ जना ज्वराे  आएका कारण र ४ जना उतै बस्न चाहेकाले नेपाल नफर्किएकाे बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

याे पनि : 

वुहानमै रोकिए १० जना नेपाली, १७५ जना काठमाडौं उडे

 

नागरिकलाई खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूत गराउनु राज्यको प्रमुख जिम्मेवारीः प्रधानमन्त्री

Previous articleरोड सेफ्टी फिल्म फेस्टिवलमा सेलिब्रेसन स्टुडियोलाई दुई अवार्ड
Next articleपसिना बगाएको पैसा मदिरामा स्वाहा, महिला र बालबालिका पीडित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।