कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका १ सय ७५ नेपाली काठमाडौं आइपुगेका छन्।
नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत उनीहरू आज (आइतबार) बिहान करिब ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्।
४ स्वास्थ्यकर्मी, ३ पाइलट, ७ क्रुमेम्बर, १ इन्जिनियर, १ प्राविधिक र १ डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोलीले वाइडबडी विमानमार्फत उनीहरूलाई नेपाल लिएर आएका हुन्।
चीनको वुहानबाट शनिबार राति नेपाल उड्ने तयारीमा रहेका १ जना ८५ नेपालीमध्ये १० जना भने उतै रोकिएका छन्।
६ जना ज्वराे आएका कारण र ४ जना उतै बस्न चाहेकाले नेपाल नफर्किएकाे बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।
याे पनि :
वुहानमै रोकिए १० जना नेपाली, १७५ जना काठमाडौं उडे
नागरिकलाई खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूत गराउनु राज्यको प्रमुख जिम्मेवारीः प्रधानमन्त्री