प्रतिनिधि सभाको विषयगत समितिका सभापति चयनका लागि बाटो खुल्यो

काठमाडौं- लामो समयदेखि दलहरु बीचमा सहमती नहुदाँ रोकिएको प्रतिनिधि सभाको विषयगत समितिका सभापति चयनका लागि बाटो खुलेको छ । आज भएको छलफलमा सहमती जुटेपछि विषयगत समितिका सभापति चयनका लागि बाटो खुलेको हो ।

सहमती अनुसार नेपाली कांग्रेसलाइ चार, नेकपा एमालेलाइ तीन, माओवादी केन्द्रलाइ दुइ, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीलाइ एक एक वटा समितिका सभापति पाउने भएका छन् ।

त्यसैगरी राज्य व्यवस्था समिति, अर्थ समिति, कृषि समितिका साथै संयुक्त समितिको नेतृत्व पनि कांग्रेसले गर्ने भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक मामिला समितिका साथै अनुगमन तथा मूल्यांकन समितिको सभापति पाउने सहमती भएको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रले पूर्वाधार र कानुन समितिको सभापति पाउने छ भने जनता समाजवादी पार्टी जसपाले अन्तर्राष्ट्रिय समिति, नेकपा एकीकृत समाजवादीले शिक्षा र जनमत पार्टीले उद्योग समितिको नेतृत्व गर्ने सहमति बनेको बताइएको छ ।

https://ujyaalonepalnews.com/archives/30065

Previous articleछिचोलियो नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको रेस्क्यु टनेल
Next articleसदनको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने माओवादी संसदीय दलको निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।