पहिरो पन्छाएर एकतर्फी खुल्यो सिद्धार्थ राजमार्ग

पाल्पा- आज बिहान पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्ड एकतर्फी रुपमा संचालनमा आएको छ ।

उक्त राजमार्गको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिबाट खसेको पहिरो हटाएर एकतफी रुपमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ ।

बिहान तिनाउ गाउँपालिका वडा न. ३ ड्यामसाइटस्थित सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमाथि ढुंगासहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

लेदो र ढुंगासहितको पहिरो हटाउन सुरुङमार्ग आयोजनाको मेसिन प्रयोग गरिएको थियो। हाल एकतर्फी रुपमा सवार पास हुनेगरी सडक खुलाइएको दोभान प्रहरी चौकीले जनाएको छ । पहिरो हटाएपछि बिहानैदेखि सडकमा अलपत्र परेका यात्रुहरु गन्तव्यमा लागेका छन् ।

https://ujyaalonepalnews.com/archives/30090

Previous articleखानिखोला पहिरो अपडेटः एकै परिवारका पाँच जना बेपता, एकजनाको मृत्यु, अन्यको खोजी जारी
Next articleसेयर बाँडफाँटमा पुनरावलोकन गर्न माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।