Home Uncategorized खानिखोला पहिरो अपडेटः एकै परिवारका पाँच जना बेपता, एकजनाको मृत्यु, अन्यको खोजी...

खानिखोला पहिरो अपडेटः एकै परिवारका पाँच जना बेपता, एकजनाको मृत्यु, अन्यको खोजी जारी

काभ्रे- अविरल बर्षाका कारण गएको पहिरोमा परी काभ्रेको विकट पालिका खानिखोलाका एकै परिवारका ५ जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएका ६ जना मध्ये चिन्ताजनक अवस्थामा उद्धार गरिएकी शान्तिमाया स्याङतानको उपचारको क्रममा मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको खानिखोला, मकवानपुरको बागमती गाउँपालिका सिमानामा रहेको सिक्रेदोभान मकवानपुरको बागमति गाउँपालिकामा पर्छ । खानिखोला-५ घर भई बागमती गाउँपालिका गएका एकै परिवारका ६ जना पुरिएका हुन् ।

पुरिनेहरुमा अक्कलबहादुर स्याङतान, उनको श्रीमती शान्तिमाया स्याङतान, छोरी ज्वाई शिला स्याङतान र जीवन पहरी छन् । साथै उनीहरुका दुई सन्तान साढे दुई बर्षिय छोरा र साढे एक वर्षका छोरा पुरिएका छन् ।

पुरिएकामध्ये अन्यको खोजी कार्य जारी रहेको छ ।अविरल वर्षातका कारण खानिखोला ५ मा रहेको दोश्रो लघु जलविद्युत्तको पावर हाउस पुरिएको छ भने भवन पनि जोखिममा रहेको छ ।।

https://ujyaalonepalnews.com/archives/30089

Previous articleकाठमाडौँमा भारी वर्षाः नदी किनार आसपास सतर्कता अपनाउन अनुरोध
Next articleपहिरो पन्छाएर एकतर्फी खुल्यो सिद्धार्थ राजमार्ग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।