प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दलहरू सहमत

काठमाडौं- सदनमा देखिएको गतिरोध हटाउन नेकपा एमाले तयार भएको छ । सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका नेताहरु बैठक चलाउन सहमत भएका हुन् ।

नेकपा एमालेले गत साउन १० गतेदेखि अवरुद्ध गरेको संसद् अझै चल्न सकेको छैन । साउन ३ गते अवैध सय किलो सुन बरामद भएपछि अनुसन्धानका लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

आजको बैठक बस्न दिने र समिति बनाउन एमालेले प्रस्ताव गर्ने सहमति भएको नेताहरुले बताएका छन् ।

एमाले सचेतक महेश बर्तौलाले बैठक चल्न दिने र आफ्ना माग राख्ने तर त्यसमा सरकार तयार नभए संसद् पुनः अवरोध गर्ने बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/30099

Previous articleविपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
Next articleरोल्पामा बस दूर्घटना, थप विवरण आउन बाँकी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।