रोल्पा- सहिदमार्ग सडक अन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका-७ तिला नजिक रिचिमा बस दूर्घटना भएको छ । रोल्पाको बामारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दूर्घटनामा परेको हो ।
दूर्घटनाबारे थप विवरण आउन बाँकी छ । उद्वारको लागि शसत्र प्रहरी र नेपाल प्रहरी र एम्बुलेन्सलाई घटना स्थल पठाएको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो ।

बागमाराबाट १५ जना यात्रु लिएर गाडी हिडेको बताएको छ । बस मोडबाट सिधै तल खसेको हुनाले ठुलो मानवीय क्षति भएको अनुमान गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/30100


