रोल्पा बस दूर्घटना अपडेटः चारजनाको मृत्यु, १९ जना घाइते

दाङ- रोल्पामा आज भएको बस दुर्घटनामा परी एक महिलासहित चार जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

आज दिउँसो रोल्पाबाट घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस घोराही, रोल्पा सडक खण्डमा पर्ने सहिदमार्ग अन्तरगत त्रिबेणी गाउँपालिका ७ रिचिगाउँ नजिक दुर्घटना भएको थियो । बस सडकबाट करिव १ सय ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका२ बस्ने प्रकाश बाठा, सोही ठाउँ बस्ने गोर्खे डाँगी उनकी श्रीमती हस्ता डाँगी र रोल्पा परिवर्तन गा.पा-३ बस्ने भक्त बि.क. को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो ।

घाईते भएका १९ जनाकाे राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा घोराहीमा उपचार भईरहेको छ । मृतक चार जनाको शवलाई पोष्मार्टमका लागि रोल्पा जिल्ला अस्पताल रेउघामा लगिएको प्रहरीले जनाको छ ।

https://ujyaalonepalnews.com/archives/30106

Previous articleउच्चस्तरीय छानबिन समिति बनाएर होइन, राज्य संयन्त्रलाई नै अनुसन्धानको जिम्मा दिनुपर्छः गृहमन्त्री
Next articleप्रतिनिधिसभामा एमालेको पुनः अवरोध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।