कतारमा काम गरेर स्वदेश फर्केका १४ नेपालले पाउन बाँकी ४४ लाख रूपैयाँ दुताबासले उठाएर नेपाल पठायो

कतारमा काम गरेर स्वदेश फर्केका १४ नेपालले पाउन बाँकी ४४ लाख रूपैयाँ दुताबासले उठाएर नेपाल पठायो

दोहा- कतारको दुई कम्पनीबाट १४ जना नेपाली श्रमिकले पाउनुपर्ने बाँकी तलव उठाएर नेपाल पठाइएको छ ।  विभिन्न कारणले नेपाल फर्केका १४ जना नेपालीले कम्पनीबाट पाउन बाँकी ४४ लाखभन्दा बढी रकम नेपाल पठाएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । १२ जना अल बन्दारी ईञ्जिनियरिङ कम्पनीमा काम गरेकाहरु तथा अन्य दुई जना अल डल्ला क्लीयरिंग एण्ड कन्ट्राक्टिङ कम्पनीमा काम गरेका नेपालीहरूको रकम नेपाल पठाइएको दूतावासले जनाएको छ ।

उनीहरुले तलव सुविधा लगायत नियमानुसार प्राप्त गर्नुपर्ने बाँकी १ लाख ४४ हजार ६९ कतारी रियाल कन्सुलर सेवा विभाग, काठमाडौंमा पठाइएको दूतावासले जनाएको छ । रकम कन्सुलर सेवा विभागबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएपछि त्यहाँबाट सजिलै प्राप्त गर्न सकिने दूतावासले जनाएको छ । अल डल्ला क्लीयरिंग एण्ड कन्ट्राक्टिङ कम्पनीमा काम गरेर नेपाल फर्किएकाहरुमा प्यूठानका रमला बुढामगर, बाँकेका रियाज अहमद खान र ईशरायल नाउ, झापाका सञ्च कुमार लिम्वू, संखुवासभाका रोशन थापाको रकम नेपाल पठाइएको छ ।

यस्तै सल्यानका रेवन्त विक र हेमराज रोक्का, खोटाङका राजु तामाङ, तनहुँका गण्ट बहादुर गुरुङ, धनुषाका शत्रुधन यादव तथा अशोक कुमार मण्डल र रूकुमका नैनवीर विकेले पारिश्रमिक बापत पाउनुपर्ने रकम स्वदेश पठाइएको दूतावासले जनाएको छ । यसैगरी अल डल्ला क्लीयरिङमा काम गरेका दोलखाकी फूलमाया तामाङ र भोजपुरका सञ्जय सुतार कार्कीको रकम पनि पठाइएको छ ।

यस्तो छ दुताबासको सुचना 

रकम पठाएको सम्बन्धमा 

विभिन्न कारणले नेपाल फर्किसक्नु भएका Al Dalla Cleaning and Contracting Company का २ जना तथा Al Bandari Engineering Company का १२ जना नेपाली नागरिकहरु (तल सुचिमा संलग्न ) ले तलब लगायत नियमानुसार पाउने बाँकी रकम जम्मा कतारी रियाल १,४४,०६९/- (अक्षेरेपी कतारी रियाल एकलाख चौवालिस हजार उनान्सत्तरी मात्र) राजदुताबासको समन्वयमा उक्त कम्पनीहरु बाट प्राप्त गरि मिति २०७७/०९/२१ का दिन श्री कन्सुलर सेवा विभाग, काठमाण्डौमा पठाईएको सम्बन्धित सबैको जानकारीको लागी अनुरोध छ!

उक्त रकम कन्सुलर सेवा विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएपछि त्यंहा बाटनै प्राप्त गर्न सकिने छ! थप जानकारीको लागी कन्सुलर सेवा विभागको वेबसाईट www.nepalconsular.gov.np मा गई Compensation Amount Status मा राहादानी नं. प्रविष्ट गरि हेर्न सकिनेछ वा विभागको फोन नं. ०१- ४२६०१०८/४२६०१२१ मा सम्पर्क गरि जानकारी लिन सकिने छ! नेपाली दुताबास, दोहा, २०७७/०९/२७

नेपाल टी-२० विश्वकपमा छनोट : युएई ८ विकेटले पराजित

Previous articleसाथीलाई सा’पट दिएको पैसा फिर्ता माग्दा तामिल लगाएर कु’टियो, खुट्टा समेत का’टियो
Next articleसुधिर चौधरीको DNA TEST: रवी लामिछानेले प्रश्न सोधेपछि जी न्युजका सुधीर चौधरीको भागाभाग (भिडियो सहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।