रामजानकी आश्रमका बालिकालाई चितवन सोसाईटी क्यानडाको भोजन

 उज्यालो नेपाल – चितवन सोसाइटी क्यानडाद्वारा राम जानकी बालिका आश्रमका बालिकाहरुलाई भोजन खुवाउने कार्यक्रम सम्पन्न भएको छ।

सोसाइटीले देवघाटधाम स्थित राम जानकी बालिका आश्रममा रहेका ३२ जना बालिकाहरुलाई भोजन गराएको हो।

चितवनको विकास र एकता र समृध्दिको मूल नारा बोकेको चितवन समाज क्यानडाले बिभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ।

कार्यक्रममा आश्रमका बालिकाहरु सांगीतिक प्रस्तुती समेत राखेका थिए ।

https://ujyaalonepalnews.com/archives/30124

Previous articleविषालु च्याउ खाँदा राक्सिराङका छजना बिरामी
Next articleप्रतिनिधिसभा बैठक अवरुद्ध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।