विषालु च्याउ खाँदा राक्सिराङका छजना बिरामी

काठमाडौँ- जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाँदा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ औडारमा बस्दै आएका एकै परिवारका तीनसहित छ जना बिरामी परेका छन् ।

राक्सिराङ–२ औडारका २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एकजना पुरुष बिरामी परेको वडा नं २ का वडाध्यक्ष बुद्धराम लामाले बताउनुभयो ।

विकास, सन्तोष र सुनिमाया एकै परिवारका हुन् । च्याउ खाएपछि बान्ता आउनेलगायत समस्या भएपछि उनीहरुलाई सरिखेत स्वास्थ्य चौकीमा उपचार समान्य उपचार गराई आइसियु सहितको थप उपचार आवश्यक परेकाले भरतपुर पठाइएको त्यहाँका प्रमुख प्रकाश कार्कीले बताउनुभयो ।।

https://ujyaalonepalnews.com/archives/30123

Previous articleभीमदत्त राजमार्ग अझै खुलेन, पहिरो नरोकिएपछि सुदूरपश्चिमका सात जिल्लाको यातायात ठप्प
Next articleरामजानकी आश्रमका बालिकालाई चितवन सोसाईटी क्यानडाको भोजन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।