अरिङ्गालले चिलेर एक जनाको मृत्यु

अछाम- अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका निवासी ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको हो ।

कुँवर बिहीबार बाख्रा चराउन जङ्गल गएका बेला मौरीडाँडा भन्ने ठाउँमा अरिङ्गालले चिलेपछि सख्त घाइते भएका कुँवरको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अछाम जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/30211

Previous articleसुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ
Next articleडोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा उत्पादित सबै अंगुर स्थानीय सरकारलेनै किन्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।