सिरहामा मिटरव्याज पीडितहरुको प्रदर्शन

सिरहा-  सिरहाको सदरमुकाममा मिटरब्याज पीडितहरुले प्रदर्शन गरेका छन् ।
मिटरब्याज पीडितले आयोग र कानून बनेपनि पीडितको पक्षमा काम नहुने गरेको भन्दै उनीहरु प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको गेट अगाडि उनीहरुले नारावाजी गर्दै प्रदर्शन गरे । I
प्रहरी प्रशासनले मिटरब्याजीहरुसँग मिलेर काम गर्ने गरेको, मिटरब्याजीलाई राजनीतिक दलका नेताहरुले संरक्षण गरिरहेको, मिटरब्याजीहरु मिलापत्रका लागि बोलाइने छलफलमा आउन अटेरी गर्दा पनि पक्राउ गर्न प्रहरी प्रशासन ढिलासुस्ती गर्दै आएको पीडितहरुको गुनासो छन् ।।

https://ujyaalonepalnews.com/archives/30226

Previous articleचर्चामा फेरि गौर घटना : उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न जसपाको माग
Next articleभोजपुर विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल भवन बन्दै, पर्यटन मन्त्रीद्वारा शिलान्यास
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।