Home Uncategorized ओमान बाट सलाम एअरको पाँचौ उडान हुँदै, नामलिस्ट पनि आयो

ओमान बाट सलाम एअरको पाँचौ उडान हुँदै, नामलिस्ट पनि आयो

ओमान बाट सलाम एअरको पाँचौ उडान हुँदै, नामलिस्ट पनि आयो

उज्यालो नेपाल, भदौ १८- ओमानको मस्कटमा रहेको नेपाली राजदुतावासले सलाम एअरको पाचौं चार्टर्ड उडान मार्फत नेपाल फर्कने नेपालीहरुको लागी अत्यन्त जरुरी सुचना जारी गरेको छ ! सेक्टेम्बर ११ मा हुने उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी सलाम एयरको मस्कट स्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको सुची पनि सार्वजनिक गरेको छ !

राजदुताबासको सुचना र उक्त नामावली हेरेर सबैको जानकारीको लागी अवश्य शे-यर गर्नुहोला ! यस्तो छ दुताबासको सुचना

पाँचौ उडानबाट नेपाल जानेहरूको सूची निकालिएको सम्बन्धी सूचना !!!

कोभिड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्‍न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा “नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, 2077 तथा कार्ययोजना 2077” मा तोकिएको प्रावधान अनुरुप सलाम एअरको सेप्टेम्बर-11 को पाँचौ उडान मार्फत नेपाल जाने प्रयोजनका लागि यस दूतावासमा विभिन्‍न माध्यमबाट नाम टिपाउनु भएका मध्ये प्राथमिकताका आधारमा देहायबमोजिमको सूची प्रकाशन गरिएको छ।उक्त उडानको एकतर्फी हवाइभाडा ११५ ओमानी रियल (२० के.जी. लगेज तथा 7 के.जी. ह्यान्ड ब्याग) तोकिएको छ।

दूतावासबाट प्रकाशित नामावली बमोजिमकाहरूले यस उडानबाट नेपाल जान 09-सेप्टेम्बरमा कोभिड -19 को PCR परीक्षण गर्न समेत अनुरोध गरिन्छ। कोरोना परीक्षण गर्ने केन्द्रहरू तथा टिकट काट्ने प्रकृया सम्बन्धी पछि अर्को सूचना जारी गरिनेछ।

ओमानबाट नेपालका लागि अन्य उडानहरू आगामी १५, १८ र 25 सेप्टेम्बरमा हुने गरी तयारी भइरहेकोले नेपाल जानै पर्ने समस्यामा भएकाहरूले दूतावासमा सम्पर्क गर्नु हुन समेत अनुरोध छ। यस सम्बन्धमा थप बुझ्न परेमा 71592490, 24696177 वा 24696883 मा सम्पर्क गर्न अनुरोध छ। नेपाली राजदूतावास मस्कट, ओमान 18 भाद्र 2077, बिहीबार

नयाँ आवधिक योजनाका लागि प्रदेश आयोगसँग सुझाव माग

Previous articleमलाई बच्चाबच्ची भेट्न ठूलो मन छ भन्थे, तर प्लेन कुर्दाकुर्दै युएई मै अस्ताए राम
Next articleयो साता विदेशमा ३ नेपालीको मृ’त्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।