काभ्रे प्रशासनले अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता

काभ्रे- जिल्ला प्रशासन कार्यलय काभ्रेले अशक्तलाई घरमै पुगेर नागरिता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले धुलिखेल-४ की १९ वर्षिया नम्रता थापा मगरलाइ घरमै पुगेर नागरिकता प्रदान गर्नु भएको हो ।

‘नागरिकको दैलामा प्रशासन’ भन्ने अभियानलाई सार्थक बनाउँदै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पूर्ण अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता उपलब्ध गराएको बताउनु भएको छ ।

‘सेवाग्राही, सेवा प्रदायक र स्थानीय तहको समन्वयमा पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको हकमा घर दैलोमा नै सेवा उपलब्ध गराउन तयार रहेको बताउदै अहिले सदरमुकाम नजिकै भएकाले नम्रतालाई घरमा नै आएर सेवा उपलब्ध गरायौं । अन्य पालिकामा पनि यस्ता नागरिकहरु भएको अवस्थामा स्थानीय तहको समन्वयमा घरमा नै पुगेर आवश्यकतामा आधारमा नागरिकता उपलब्ध गराउने जानकारी दिनुभयो

अपांगता भएका नातिनीलाई घरमै प्रमुख जिल्ला अधिकारी पुगेर नागरिकता प्रदान गरेकोमा निकै खुशी लागेको नम्रता थापा मगरका हजुरबुबा कर्णबहादुर थापा बताउनु भयो ।

नम्रताको बुबाको २०७३ सालमा निधन भइसकेको भएको थियो । उनी जेठी छोरी हुन् । उनकी बहिनी कक्षा ८ मा अध्ययन गर्दै छिन् ।

जिल्ला प्रशासन कार्यालयले हरेक दिन नयाँ र प्रतिलिपी गरेर दुई सय भन्दा धेरैलाई नागरिकता उपलब्ध गराउँदै आएको छ । नागरिकता वितरणका लागि प्रशासकीय अधिकृत मीनराज थापा लगायत नागरिकता फाँटका कर्मचारीहरु सहभागी थिए ।

https://ujyaalonepalnews.com/archives/30248

Previous articleसांसदहरूले संसद् अवरोध खोल्न सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु: सभामुख घिमिरे
Next articleतीन दिनसम्म देशका धेरै स्थानहरूमा लगातार वर्षा हुने पूर्वानुमान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।