तीन दिनसम्म देशका धेरै स्थानहरूमा लगातार वर्षा हुने पूर्वानुमान

काठमाडौं- मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित रहेकोले आगामी केही दिन देशका धेरै स्थानहरुमा अत्याधिक वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो रेखा अझै नेपाल नजिक सर्ने सम्भावना रहेको पनि जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आकस्मिक बुलेटिन जारी गर्दै नेपालको मौसममा विहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको बताएको छ ।

आज रातीदेखी सोमवारसम्म देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ । भारी वर्षासँगै देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, सहरी क्षेत्रहरूमा डुवानको जोखिम रहेको छ भने ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने महाशाखाले बुलेटिन मार्फत् जनाएको छ ।

केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन तथा सडक-हवाई यातायातसमेत प्रभावित हुन सक्नेतर्फ सचेत रहन र पूर्वसतर्कता अपनाउन पनि मौसम विभागले आग्रह गरेको छ ।

https://ujyaalonepalnews.com/archives/30249

Previous articleकाभ्रे प्रशासनले अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता
Next articleआज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।