सरकारको स्थायित्वमा शङ्का गर्ने ठाउँ छैनः उपप्रधानमन्त्री खड्का

काठमाडौँ- उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन सरकारको स्थायित्वका विषयमा शङ्का गर्ने कुनै ठाउँ नभएको बताउनुभएको छ ।

नेपाल टेलरिङ व्यवसायी महासङ्घको राष्ट्रिय महाधिवेशनलाई आज सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले वर्तमान सरकार नागरिकलाई सुशासनको प्रत्याभूति दिलाइ भ्रष्टाचार नियन्त्रण गर्ने गरी काम गरिहेकाले जनताको पूर्ण समर्थन पाएको बताउनुभयो । उहाँले सरकारको स्थायित्वमा कुनै शङ्का नगर्न सबैलाई आग्रह गर्नुभयो ।

सरकार मुलुकको आर्थिक अवस्था सुधारमा लागेको भन्दै यसको परिणाम छिट्टै देखिने उहाँको भनाइ थियो । उपप्रधानमन्त्री खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै आर्थिक सुधारको दिशामा अघि बढेको स्पष्ट पार्नुभयो ।

रक्षामन्त्री समेत रहनुभएका उपप्रधानमन्त्री खड्काले नेपालमा उद्यमदेखि रोजगारी सृजना गर्नमा समेत साना व्यवसायी तथा टेलरिङ व्यवसायीको महत्वपूर्ण भूमिका रहेको भन्दै टेलरिङ व्यवसायलाई थप सुधार गर्न सरकार सधै तयार रहेको पनि बताउनुभयो ।

विभिन्न कारणले अर्थतन्त्रमा समस्या देखिएकाले व्यवसायीले समस्या भोग्नु परेपनि चालु आर्थिक वर्षको वार्षिक बजेट तथा मौद्रिक नीतिले कतिपय समस्याको पहिचान गरेका कारण अर्थतन्त्रमा देखिएका समस्या समाधान हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/30306

Previous articleयुवाको सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न प्रधानमन्त्रीको अपिल
Next article‘उद्धार उडानमा बन्देज गरिएको छैन’: प्राधिकरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।