डोल्पामा छब्बीस दिनदेखि अवरुद्ध हवाईसेवा सुचारु

Click Image

डोल्पा- हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थलमा हवाईसेवा सुचारु भएको छ । अवरुद्ध भएको छब्बीस दिनपछि मात्र हवाइसेवा सुचारु भएको हो ।

मौसम खुलेसँगै झन्डै एक महिनापछि आजबाट हवाईसेवा सुचारु भएको समिट एयर डोल्पाका प्रमुख पुर्णजंग शाहीले बताउनुभयो ।

बर्षायाम सुरु भएसँगै मौसममा आएको खराबीका कारण उडान हुन नसकेको शाहीको भनाइ छ । हवाई उडान सुचारु भएसँगै नेपालगन्ज विमानस्थलदेखि तारा एयरले एउटा उडान गरेको छ ।

उडान भएपछि महिना दिनदेखि नेपालगन्ज र जुफाल विमानस्थलमा जहाज कुरेका यात्रहरु गन्तव्यमा पुग्न पाएका छन् ।

https://ujyaalonepalnews.com/archives/30440

Previous articleललितानिवास जग्गा प्रकरणकाे अनुसन्धान निष्कर्षतिर, ३ सय बढीविरुद्ध मुद्दा दायर हुने
Next articleजमिन भासिँदै गएपछि खानीगाउँ पहिरोको जोखिममा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।