
आयरल्यान्डका विष्फोटक ब्याट्सम्यान पल स्टर्लिङले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएल पनि चितवन टाइगर्सबाटै खेल्ने भएका छन्।
चितवनले आज प्रेस विज्ञप्ती जारी गर्दै दोस्रो विदेशी खेलाडीको रुपमा पल स्टर्लिङ रहेको जनाएको छ। गत वर्ष पनि चितवनबाटै इपिएल खेलेका स्टर्लिङले ६ खेलमा १ सय ५७ रन बनाएका थिए। उनले ३ टेष्ट, १ सय १७ ओडीआई र ७५ टि ट्वान्टी आई खेलेका छन्।
टी ट्वान्टीमा १७ अर्ध शतक सहित कुल २ हजार २५ रन बनाएका छन्। ओडीआईमा ८ शतक र २१ अर्ध शतक सहित कुल ४ हजार १ सय २१ रन बनाएका छन्। ओडीआइमा उनको उच्च प्रदर्शन १ सय ७७ रन हो।
चितवनले यसअघि विदेशी खेलाडीका रुपमा अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादको नाम घोषणा गरि सकेको छ। चितवनले यस पटक कप्तान पृथु वास्कोटालाई पोखरा राइनोज र उप कप्तान दीपेन्द्र सिंह ऐरीलाई काठमाडौं किंग्स ११ लाई बेचेको छ।

काठमाडौंका तीब्र गतिका बलर सोमपाल कामी यस पटक चितवनबाट इपिएल खेल्ने छन्। चितवनबाट सोमपालसँगै, दिलिप नाथ, सन्दीप सुनार, साहब आलम, ललित भण्डारी, कमल सिंह ऐरी, भिम सार्की, सागर ढकाल, आदिल खान, ईशान पाण्डे र खडक बोहराले खेल्नेछन्।
