आज भीमदत्त राजमार्ग ६ घण्टा अवरुद्ध हुने

डोटी- आज भीमदत्त राजमार्ग ६ घण्टा बन्द हुने भएको छ । गत साता पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्गको भावर बुडितोला सडकखण्ड मर्मतको लागि आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।

गत सोमबार राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिएको थियो।

करिब ५ सय मिटर सडक भासिएपछि सुदूरपश्चिमका पहाडी जिल्लाको तराईका जिल्लासँगको यातायात सम्पर्क टुटेको थियो । धेरै प्रयासपछी सोमबार मात्रै एकतर्फी सडक खुलाइएको थियो ।

https://ujyaalonepalnews.com/archives/30488

Previous articleखानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र
Next articleसेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।