सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्तीको मृत्यु भएको छ ।

यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो ।

“राति १२ बजेपछि जङ्गली हात्ती आएर सेफ्टी ट्याङ्कीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ ।” प्रमुख संरक्षण अधिकृत मेहताले भन्नुभयो, “अहिले प्राविधिकसहितको टोली गएर घटनास्थल मुचुल्का सङ्कलन गर्ने काम भइरहेको छ ।”

उहाँले जङ्गली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताउनुभयो । “सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “विधि प्रक्रिया पुर्‍याएर हात्तीको दाहसंस्कार गरिनेछ ।”

https://ujyaalonepalnews.com/archives/30489

Previous articleआज भीमदत्त राजमार्ग ६ घण्टा अवरुद्ध हुने
Next articleट्वाईलेटको सेफ्टी ट्याङ्कीमा परेर जंगली हात्तीको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।