कोशी प्रदेशको विश्वासको मतको विवाद पुनः सर्वोच्चमा

काठमाडौँ- सर्वोच्च अदालतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको विवाद पुनः असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ ।

नेकपा (एमाले) का कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गर्नुभएको हो । उक्त विवादको सुनुवाइ भोलिका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

रिट निवेदनमा यही भदौ ४ गते मुख्यमन्त्री थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैरसंवैधानिक भएको उल्लेख छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएको हुँदा संविधानको धारा १६८ को ३ बमोजिम आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशको आदेशको माग रिट निवेदनमा माग गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/30651

Previous articleदफाबार छलफलका लागि समितिमा पठाइयो नेपाल विश्वविद्यालय विधेयक
Next articleसांसद विकास कोष कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।