चितवन । चितवनको कालिका नगरपालिका ९ शक्तिखोरमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सिताराम श्रेष्ठका छोरा १६ वर्षीय मनिष श्रेष्ठ रहेका छन् ।
आज (शनिबार) दिउँसो २:१५ बजे स्थानीय कयरखोलाको बाधमा पौडी खेल्ने क्रममा उनी डुबेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । कयरखोला र शक्तिखोलाको दोभानमा घटना घटेको हो ।
प्रहरी चौकी जुटपानी र ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले शव खोलाबाट निकालेको थियो । शवको मुचुल्का उठाई पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्: काउलेका चेपाङ वालवालिकाको स्वास्थ्य परीक्षण

चितवन, मंसिर १६ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ काउलेका १९० जना चेपाङ वालवालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा चेपाङ वालवालिकाको स्वास्थ्य परीक्षण गरिएको हो । विदेशी चिकित्सवहरुको टोलीले वालवालिकाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि समेत वितरण गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।
चेपाङ वालावलिकाको पूर्ण स्वास्थ्य परीक्षणसंगै कुपोषणको समस्या निराकरणको लागि डाक्टरहरुको सुझाब र उपचार दुबै गरिएको उनले बताए । पौष्टिक आहारको अभावले वालवालिकामा कुपोषणको समस्या हुने गरेको भन्दै उनले यसको निराकरण गर्न सके चेपाङ वालवालिकामा स्वास्थ्य सम्बन्धी समस्या नहुने गिरीको भनाई छ ।
साथै सपना भिलेजले काउलेका वालवालिकालाई जाडोमा लगाउने न्यानो कपडा समेत वितरण गरेको छ । ६ दिने स्वास्थ्य परीक्षण शिविर शक्तिखोरबाट सुरु गरिएको हो । कालिकाको सिद्धिपछि इच्छाकामनाको काउलेमा शिविर आयोजना गरिएको हो ।
https://ujyaalonepalnews.com/archives/25161


