मुख धुन गएका भरतपुरका दुई जनालाई नारायणीले बगायो।

चितवन, ९ भदौ । भरतपुर महानगरपालिका वडा नंं. २९ गाईघाट स्थित त्रिशुली नदीमा मुखधुने क्रममा नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । दिउँसो ४ः३० बजेको समयमा उनीहरु बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगरपालिका वडा नंं. १०, सप्तगण्डकी चोकका ३० वर्षिय अर्जुन प्रधान र सोही ठाउँ बस्ने ३० वर्षिय प्रविण श्रेष्ठ रहेका छन् । हाल उनीहरुको खोजी कार्य भईरहेको छ ।

पारिवारिक वनभोज खान गएका उनीहरु एउटालाई नदीले बगाएपछि बचाउन खोज्दा अर्काेलाई पनि बगाएको प्रहरीको भनाई छ ।

https://ujyaalonepalnews.com/archives/30737

Previous articleजसपा अध्यक्ष यादव भारत प्रस्थान
Next articleसंसदीय समिति सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।