चितवन, ९ भदौ । भरतपुर महानगरपालिका वडा नंं. २९ गाईघाट स्थित त्रिशुली नदीमा मुखधुने क्रममा नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । दिउँसो ४ः३० बजेको समयमा उनीहरु बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगरपालिका वडा नंं. १०, सप्तगण्डकी चोकका ३० वर्षिय अर्जुन प्रधान र सोही ठाउँ बस्ने ३० वर्षिय प्रविण श्रेष्ठ रहेका छन् । हाल उनीहरुको खोजी कार्य भईरहेको छ ।
पारिवारिक वनभोज खान गएका उनीहरु एउटालाई नदीले बगाएपछि बचाउन खोज्दा अर्काेलाई पनि बगाएको प्रहरीको भनाई छ ।
https://ujyaalonepalnews.com/archives/30737


