बझाङमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु एक जना गम्भीर

बझाङ- बझाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ ।

बझाङको जयपृथ्वी नगरपालिका नौरा घर भएका स्थानीय लक्ष्मण कडायतकी सात बर्षिया छोरी सन्जिला कडायतको जंगलमा पाइने विषालु च्याउ खाँदा उनको मृत्यु भएको हो ।

बुधबार बेलुका जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा जयपृथ्वी नगरपालिका वडा नं ६ का स्थानिय लक्ष्मण कठाएतका श्रीमती एक छोरा र एक छोरीसहित तीन जना गम्भिर बिरामी भएका हुन् ।

बिषालु च्याउ खाँदा गम्भीर भएकी सञ्जिलालाई बुधबार राती नै उपचारको लागि जिल्ला अस्पताल सिमखेतमा ल्याएको थियो । उनको अवस्था गम्भीर रहेकाले जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि क्षेत्रिय अस्पताल डडेल्धुरामा रिफर गरिएको थियो । तर सन्जिलाको बिच बाटोमै ज्यान गएको छ ।

लक्ष्मण कठाएतका ११ वर्षिय छोरा सुदिपलाई भने आज मात्र उपचारको लागि जिल्ला अस्पताल बझाङमा ल्याइएको थियो ।त र उनको पनि अवस्था गम्भिर भएकाले थप उपचारको लागि धनगढी रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।

कडायतकी श्रीमति पुनी कठाएतलाई भने उपचारपछि घर पठाइएको जयपृथ्वी नगरपालिका ६ वडाध्यक्ष नरेन्द्र बहादुर सिहँले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/30910

Previous articleउपप्रधानमन्त्री खड्का अस्पताल भर्ना
Next articleरत्ननगरले आन्तरिक सरुवा गरेका शिक्षकहरूको सूची
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।