नक्कली नोट कारोबारको आरोपमा तीन जना पक्राउ

मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले नक्कली नोट कारोबारको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा गएराती हेटौडा उपमहानगरपालिका-१५ चुरीयामाईबाट ९५ थान एक हजारका नक्कली नोट बरामद गरेको हो ।

पक्राउ पर्नेहरुमा रौतहट कटहरीया नगरपालिका वडा नम्बर-६ का १९ वर्षिय धर्मेन्द्र महरा र सोही स्थानका वर्ष २१ का दिपेश दास रहेका छन् ।

चुरियामाईमा पैदल गइरहेका उनीहरुलार्ई चेकजाँच गर्दा महराको साथबाट नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

महराले उक्त नोट राक्सिराङ गाउँपालिका २ मकवानपुरका बिजय तामाङबाट ल्याएको बताएपछि तामाङलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजालले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/30927

Previous articleबहराइनमाथि नेपालको जित
Next articleकांग्रेसमाथि चौतर्फी आक्रमण भयो: डा कोइराला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।