नक्कली नोट कारोबारको आरोपमा तीन जना पक्राउ

0
46

मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले नक्कली नोट कारोबारको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा गएराती हेटौडा उपमहानगरपालिका-१५ चुरीयामाईबाट ९५ थान एक हजारका नक्कली नोट बरामद गरेको हो ।

पक्राउ पर्नेहरुमा रौतहट कटहरीया नगरपालिका वडा नम्बर-६ का १९ वर्षिय धर्मेन्द्र महरा र सोही स्थानका वर्ष २१ का दिपेश दास रहेका छन् ।

चुरियामाईमा पैदल गइरहेका उनीहरुलार्ई चेकजाँच गर्दा महराको साथबाट नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

महराले उक्त नोट राक्सिराङ गाउँपालिका २ मकवानपुरका बिजय तामाङबाट ल्याएको बताएपछि तामाङलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजालले जानकारी दिनुभयो ।

https://www.ujyaalonepalnews.com/archives/30927

Previous articleउपप्रधानमन्त्री खड्का अस्पताल भर्ना
Next articleहेटौडाको सामुदायिक वनमा मानव कंकाल फेला