भक्तपुरमा दुइवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक युवतीको मृत्यु

भक्तपुर- सुर्यविनायक नगरपालिका वडा नं ८ आदर्शनगर नजिकै दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । अरनिको राजमार्ग अन्तर्गत आदर्श बसस्टपसँगैको पेट्रोल पम्प नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर गएराति दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार काभ्रे बनेपा नगरपालिका २ घिमिरे गाउँ बस्ने वर्ष २५ की नबिना काफ्ले घिमिरेको घटनास्थलमा नै मृत्यु भएको हो ।

जगातीबाट सूर्य विनायकतर्फ जाँदै गरेको बाग्मती प्रदेश –०२–०२३ प २८५९ नं को मोटरसाइकल र विपरीत दिशा तर्फ आउँदै गरेको प्रदेश नं ३ –०२–००२ प ६९३ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको परिसर सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनु भयो ।

दुवै मोटरसाइकल चालक घाइते भएका छन् भने उनीहरूको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/31185

Previous articleपाइपलाइन परियोजनाको दोस्रो चरणको काम तीव्र, चैतसम्म पेट्रोल र मट्टितेल ल्याउने तयारी
Next articleबिपी प्रतिष्ठानको बसले प्रतिष्ठानकै कर्मचारी सवार मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।