बिपी प्रतिष्ठानको बसले प्रतिष्ठानकै कर्मचारी सवार मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु

सुनसरी- धरानस्थित जिरोपोइन्टमा सवारी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते एकजनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

जिरोपोइन्टस्थित स्टेडियम टर्निङमा बिपी प्रतिष्ठानकै को १ क ११५९ नम्बरको बसले प्रतिष्ठानमा कार्यरत कर्मचारी प्रभु चौधरी र अमृता लिम्बू सवार प्रदेश १ ०-०२-०५२ प १९५२ नम्बरको स्कुटीलाई ठक्कर दिंदा स्कुटीमा सवार अमृता लिम्बूको घटनास्थलमै मृत्यु भएको छ ।

आज प्रतिष्ठानको ३०औं स्थापना दिवसको अवसरमा ‘रन द माइल्स फिल द स्माइल’ कार्यक्रम अन्तर्गत चिकित्सक कर्मचारीद्वारा आयोजित प्रतिष्ठानको जिओपिडीदेखि फुस्रे हुँदै प्रतिष्ठानसम्मको म्याराथनमा सहभागीलाई पुर्‍याएर फर्कंदै गरेको प्रतिष्ठानको बसले कार्यक्रममा सहभागी कर्मचारीलाई नै ठक्कर दिएको हो ।

https://ujyaalonepalnews.com/archives/31186

Previous articleभक्तपुरमा दुइवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक युवतीको मृत्यु
Next articleमोरक्कोमा शक्तिशाली भूकम्प, २९६ को मृत्यु, कैयौं घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।